नियम २०९
बेरुजु वा पेश्की मिन्हा गर्ने
(१) नियम २०६ को उपनियम (४) अनुसार मिन्हा गरी फछर्यौट गर्नु पर्ने बेरुजु रकम वा पेश्की लिने कर्मचारी वा पदाधिकारीको मृत्यु वा वेपत्ता भई वा अन्य दैवी भवितव्य सम्बन्धी घटनाबाट पेश्की रकम मिन्हा दिई बेरुजु फछर्यौट गर्नु परेमा नियम २०८ बमोजिम छानवीन गराउनु पर्नेछ । तर पच्चीसहजार रुपैया“ भन्दा कम रकमको बेरुजु वा पेश्की मिन्हा दिई
फछर्यौट गर्नु पर्ने भएमा सो को कारण र पुष्ट्याईं सहित आर्थिक प्रशासन शाखा प्रमुखले सचिव समक्ष पेश गर्नु पर्नेछ र सचिवले सो रकम मिन्हा गर्न उपयुक्त देखेमा सम्बन्धित स्थानीय निकायमा मिन्हा गर्नको लागि सिफारिस गर्नु पर्नेछ ।
(२) नियम २०८ बमोजिम छानबीन गरी असूल उपर हुन नसक्ने ठहरिएको रकम वा उपनियम (१) बमोजिम मिन्हा गर्नको लागि सिफारिस भएको पेश्की वा बेरुजु रकम जिल्ला विकास समितिले कारण, पुष्ट्याईं र औैचित्य सहित मिनाहाको लागि सम्बन्धित स्थानीय निकायमा पेश गर्नु पर्नेछ ।